अर्घाखाँची, २० पुस । अर्घाखाँचीको शितगंगा नगरपालिकामा भालुको आक्रमणमा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शितगंगा नगरपालिका-२ झिर्रा ओखारी निवासी ७९ वर्षीय रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको हो ।
बुधबार बिहानको समयमा ओखारीबाट आरनमा भाँडा बनाउन झिर्रा आउने क्रममा ओखारीको जङ्गलमा भालुले आक्रमण गरेको थियो । भालुले झम्टिएको ठाउँमा स्थानीयहरू तत्काल पुग्दा भालुले वृद्धलाई छोडेर जङ्गलतिर भागेको थियो ।






