झापा, १९ असोज । शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाले उत्कृष्ट बिद्यालय एवम् विद्यार्थीहरुलाइ सम्मान तथा चाडपर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नगरका २८ वटा सामुदायिक बिद्यालय तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यालय मा बि ९कक्षा १२० तर्फ भानु मा बि लाई प्रशंसा पत्र सहित नगद एक लाख तीस हजार, जनता मा बि (कक्षा १०) तर्फ एक लाख बीस हजार र प्रशंसा पत्र र ९कक्षा ८० आधारभूत तर्फ कन्चनबारी आधारभूत बिद्यालयलाई नगद एकलाख र प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो ।
त्यसै गरि उत्कृष्ट जिपिए ल्याइ उतिर्ण विद्यार्थी तर्फ अर्जुनधारा नगरपालिकाबाट लक्ष्मी मा बि ६ कक्षा १२ कि छात्र दिब्य काफ्लेलाइ नगद रु पैंतालीस हजार र प्रशंसा पत्र (आ व २०७९) त्यसै गरि कक्षा १० एस इ इ तर्फ सिहदेबी मा बिकि सुस्मिता खतिवडालाई पैतिस हजार र प्रशंसा पत्र त्यसै गरि कक्षा ८ नगर स्तरीय परिक्षा उत्कृष्ट विद्यार्थी लक्ष्मी मा बिकि सितल अधिकारीलाई प्रशंसा पत्र सहित नगद पचिस हजार हस्तान्तरण गरिएको र सो रकम विद्यार्थीले आफ्नो अद्ययनका लागि खर्च गर्नु पर्ने समेत शिक्षा प्रमुख तोयानाथ रेग्मीले बताउनु भयो ।
यसै क्रममा नगर भरिका फरक क्षमता एवम् दृष्टिबिहिन शिक्षकहरुका लागी शिक्षण सिकाइ प्रयोग गर्न अरुणोदय आ बिका शिक्षक ख्याम रेग्मी र भिमले आबिका कृष्ण रिजाललाइ १/१ थान ल्यापटप हस्तान्तरण गरिएको र सो कम्प्युटर शिक्षक अवकाश भए पछी बिद्यालयको सम्पत्ति रहने शिक्षा अधिकृत सुनिता भट्टराईले बताउनु भयो ।
कार्यक्रममा विद्यार्थीहरुको हौसला र उनिहरुको पढाइमा आर्थिक अभाव नहोस् र भबिस्य उज्वल र देश समर्पित सेवामा लागुन र देशको उत्कृष्ट दक्ष नागरिक बन सकुन बिदेश जान नपरोस् देश मै बसि सेवा गर्न प्रोत्साहन गर्न अर्जुनधारा नगरपालिकाको आव २०७९/ ८० को बजेट अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाले बिगत झै यसपटक पनि उत्कृष्ट नतिजा ल्याउने बिद्यालय र विद्यार्थीहरुलाइ प्रशंसा पत्र सहित नगद हस्तान्तरण गर्दा अन्य विद्यार्थी एवम् बिद्यालयहरुले पनि यो तर्फ प्रोत्साहित भै लाग्न अनुरोध एवम् नगदसहित सम्मानित हुनु हुने विद्यार्थी एवम् बिद्यालय सहि स्थानमा खर्च गर्नु हुन भदै साथै आउदै गरेको नेपालीहरुको महान चाड बिजय दसमी दिपावली एवम् छ्टपर्बको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकि उपप्रमुख खड्गमाया पराजुली, बिशिस्ट अतिथि प्रमुख प्रसाकिय अधिकृत तिलोचन रिमाल, नेपाल शिक्षक महासङ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, सचीव टक न्यौपाने सामाजिक बिकास संयोजक कौशिकलाल परियार,भानु माबीका प्रधानाध्यापक रुपक दाहाल, सिहदेबी मा बि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णु ढकाल ,शिक्षासेबि कमल प्रसाद गुरागाइ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक एवम् बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् प्रतिनिधिहरुको सहभागी रहेको थियो । कालिका सस्कृत बेद पिद्यापिठ कालिस्थानमा संचालित कार्यक्रमको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव तोयानाथ रेग्मीको अध्यक्षता एवम् स्वागत तथा कार्यक्रमको औचित्य शिक्षा अधिकृत सुनिता भट्टराईले गर्नुभएको थियो भने सहजीकरण प्राबिधिक सहायक समिरा दहालले गर्नु भएको थियो ।