अर्जुनधारा, १५ वैशाख । नेकपा एमाले अर्जुनधाराको स्थानिय तह निर्वाचन लक्षीत घरदैलो तथा जनता भेटघाट कार्यक्रम उत्साहकासाथ चलिरहेको छ ।
आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमतकासाथ विजयी हुने लक्ष्य लिएर एमाले अर्जुनधाराले नगरपालिकाका मेयर उपमेयरका उम्मेद्वारसहित घरदैलो कार्यक्रम गरिरहेको छ ।
पार्टीले आज अर्जुनधारा नगरपालिकाको ६ र ११ नम्बर वडामा घरदैलो कार्यक्रम तथा कोणसभा गरेको हो । बिभिन्न स्थानमा भएका कोणसभामा नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाका मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले समृद्ध अर्जुनधाराको परिकल्पनाकासाथ आफुहरु चुनावी मैदानमा होमीएको बताए ।
उनले जनताको शासक नभई सेवक बनेर काम गर्ने उदेश्यकासाथ आफु चुनावी प्रतिस्पर्धामा आएको बताए । गोमदेनले नगरपालिकाको सबै क्षेत्र र वर्गको दिगो विकासकालागि आफुले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेद्वार खड्गमाया पाराजुलीले जनाताको माग र बिषेशज्ञको सुझावको आधारमा आफुहरुले नगरपालिकामा विकासको काम गर्ने बताइन् । उनले बालबालिका र महिलाहरुको क्षेत्रमा बिषेश योजनाकासाथ कार्य गर्ने आफ्नो उदेश्य रहेको समेत धारणा राखिन् ।
अर्जुनधाराको मेयर पदका उम्मेद्वार गोम्देन नगरपालिकाको १० नम्बर वडाको निर्वतमान वडाअध्यक्ष हुन् । त्यस्तै उपमेयर पदकी उम्मेद्वार पराजुलीले निर्वाचित जनप्रतिनिधि भई न्यायीक समितिको सदस्यको जिम्मेवारीमा काम गरि सकेका छन् ।
घरदैलो तथा कोणसभामा ६ र ११ नम्बरका वडाका जनप्रतिनिधिको उम्मेद्वारहरुले समेत जनता समक्ष बिभिन्न प्रतिबद्धता राख्दै मत मागेका छन् ।
मेयर उपमेयरको उम्मेद्वार सहितको टोलीमा ६ नम्बर वडामा एमालेको तर्फबाट वडाअध्यक्ष पदका उम्मेद्वार दिवाकरलाल चौधरी र वडासदस्य पदका उम्मेद्वारहरु टुंमानाथ काफ्ले, भिम राई, रमा निरौला र कल्पना विश्कर्माको सहभागीता रहेको थियो ।
११ नम्बर वडामा भएको चुनावी घरदैलोमा एमालेको तर्फबाट वडाअध्यक्ष पदका उम्मेद्वार खगेन्द्र इङ्नामसहति वडासदस्य पदका उम्मेद्वारहरु पूर्ण बहादुर राई, केशव अधिकारी, शुसिला गिरी र सिता कडेल दर्जीको सहभागीता रहेको थियो ।
नेकपा एमाले अर्जुनधाराको घरदैलो कार्यक्रममा प्रदेशसभा सांसद बिर्ख प्रधान, नेकपा एमालेका प्रदेश कमिटि सदस्य सन्त कुमार राई, अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार राना, उपप्रमुख कमला खतिवडा आचार्य लगायतका नेताहरु सहभागी भएका थिए ।
नेकपा एमाले अर्जुनधाराले भोलि मेयर उपमेयरका उम्मेद्वारसहित १० नम्बर वडामा घरदैलो गर्ने जनाएको छ ।