अर्जुनधारा, १५ असार । अर्जुनधारामा १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न भएको छ ।
पञ्चकन्या महिला संगिनी समूह अर्जुनधारा नगरपालिका वडा नं.१० र ११ को आयोजना तथा अर्जुनधारा नगरपालिका-१० को सह आयोजनामा परिश्रमी चोकमा भएको कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।
पञ्चकन्या महिला संगिनी समूहका अध्यक्ष सीता घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपलिका-११ का महिला सदस्य सीता कडेल रहेकी थिइन् ।
उक्त अवसरमा भएको पुरुष धान रोपाईं प्रतियोगितामा मुकुन्द उप्रेती प्रथम, मदन खनाल द्वितीय र खगेन्द्र ढकाल तृतीय भएका स्थानीय खेमराज ढकालले जानकारी दिए ।
त्यस्तै सोही अवसरमा असारे कविता प्रस्तोता हिमा गौतम र पुण्य ढकाललाई पुरस्कृत गरिएको थियो ।
उक्त अवसरमा पञ्चकन्या धाम सेवा समितिका अध्यक्ष कर्ण ढुंगेल, सहारा नेपालका कर्मचारी मुकुन्द उप्रेती, पञ्चकन्या हरी किर्तन मण्डलीका अध्यक्ष हिमा गौतम लगायतको उपस्थिति रहेको थियो ।
कमला गिरीले असारे गीत प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन समूहका सचिव चन्द्रकला भण्डारी गरेकी थिइन् ।