Logo

अर्जुनधारामा शिक्षक पेशागत बिकास दोस्रो चरणको टिपिडि तालीम सम्पन्न



झापा, २६ जेठ । शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराको आयोजनामा शिक्षक पेशागत बिकास दोस्रो चरणको टिपिडि सम्पन्न भएको छ ।

आधारभूत तह १–५ का अध्यापनरत २३ जना स्थायी शिक्षकहरुका लागि एकीकृत पाठयक्रमा आधारित १० दिने प्रमाणीकरण तालीम सन्चालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप सचिव तोयानाथ रेग्मीले जानकारी दिनु भयो ।

शिक्षकहरुको वृत्ति बिकाससँगै आधुनिक प्राविधिहरु नवीनता ज्ञान सिपहरु प्रयोगले कक्षा शिक्षण सिकाइमा दक्षता बढाउने गुणस्तरीय शिक्षा प्रदान गरी असल नागरिक उत्पादन गर्न सक्षम बनाउन अब गएर आफ्नो बिद्यालयमा आफू सगै बिद्यालयमा रहनुहुने अन्य गुरुबर्गलाइ आफ्नो अनुभव साटासाट गर्नुहुन भन्दै प्रमुख आतिथि अर्जुनधारा नगरपालिकाकि उपप्रमुख खडगमाया पराजुलीले आफ्नो भनाइ राख्नुभएको थियो ।

त्यसै क्रममा तालीमले शिक्षकहरुमा उर्जा संगै सहजीकरण विधि र नयाँ एकीकृत पाठयक्रमको मर्म र प्रबिधिमय शिक्षणको बाटो खोलेकोको र सुनसरी सम्म पुगि दुई पटक गरि १ महिने तालीम लिन निकै समस्या नै थियो तर शिक्षा शाखा अर्जुनधारा नगरपालिकाले स्थानीय तहमै तालीमको आयोजना गरेको र घरकै खाना खाएर तालिम लिन पाएकोमा सहजीकरण शिक्षा तालीम केन्द्र सुनसरी र आयोजक नगर शिक्षा अर्जुनधारा नगरपालिकालाई प्रशिक्षार्थीको तर्फबाट जुनकीरी सा आ बिका प्रधानाध्यापक रन्जित परियार र शिहदेबी मा बिकि शिक्षक इन्दिरा शर्माले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

पछिल्लो समय सामुदायिक बिद्यालयहरुमा अद्ययन गर्न आउने विद्यार्थीहरुको चाप बढदै गएको र सरकारले शिक्षक पेसागत बिकास तालिम तथा अन्य भौतिक एवम् शिक्षकहरुका लागि अन्य तालीम प्रदान गर्दै आएकोमा नगर भित्रै नमुना बिद्यालयको रूपमा देखापर्न थालेकोमा खुसी व्यक्त गर्दै स्थानीय तहमै यसरी तालीम सन्चालन गर्ने झापामा पहिलो नगर र तालीम पाउने शिक्षकहरु तपाईंहरु प्रती अब कस्तो परिवर्तन आउँछ भन्दै शिताके सुनसरीका सहजकर्ता मान बहादुर देवकोटा शिक्षा अधिकृत सुनिता भट्टराई लगायतले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैगरी १० दिनसम्म शिताके सुनसरीका सहजकर्ता सुपेनचन्द्रशिह राजवंशी, खेमराज लिम्बू,उमेश बुढाथोकी, तिर्थमान राई, मानबहादुर देवकोटा, लगायत रहनुुभएको छ ।

नगरको आ व २०८०/०८१ बजेट अनुसार नगरको आर्थिक ब्यवस्थापन र शिक्षा तालीम केन्द्र सुनसरीको प्रशिक्षण सहजीकरण रहेको शिक्षा प्रमुख तोयानाथ रेग्मीले बताउनु भयो । कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको अध्यक्षतामा संचालित कार्यक्रमको सहजीकरण प्राबिधिक सहायक समिरा दाहालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्