Logo

अर्जुनधारामा स्थानीय पाठ्यक्रम ‘हाम्रो अर्जुनधारा’ सम्बन्धी सुझाव संकलन कार्यक्रम सम्पन्न



झापा, १६ चैत । अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा स्थानीय पाठ्यक्रम ‘हाम्रो अर्जुनधारा’ सम्बन्धी प्रवोधिकरण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कक्षा ६ देखि ८ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तक कार्यान्वयनको अनुभव, देखिएका समस्या तथा सुधारका पक्षहरूबारे छलफल गरिएको थियो। साथै कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम तयारी भइसकेकाले पाठ्यपुस्तक प्रकाशनअघि सरोकारवालाहरूबाट सुझाव संकलन गरिएको शिक्षा शाखा प्रमुख हरिबहादुर कवरले जानकारी दिए।

अनोजकुमार घिमिरेले स्थानीय विषयवस्तु समेटिएको यस पाठ्यक्रमले विद्यार्थीहरूलाई आफ्नो ठाउँप्रति अपनत्व विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

पाठ्यक्रमलाई सात खण्डमा विभाजन गरिएको छ, जसमा स्थानीय परिवेश, वातावरण, भाषा–संस्कृति, दैनिक कार्य, समस्या, सीप र स्थानीय सरकारसम्बन्धी विषयहरू समावेश गरिएको पाठ्यक्रम विज्ञ सूर्य प्रसाद सापकोटाले जानकारी दिए।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरूले पाठ्यक्रम कार्यान्वयनका अनुभव साझा गर्दै सुझाव दिएका थिए। स्थानीय पाठ्यक्रम विकास समितिका अध्यक्ष बद्रीप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्