काठमाण्डौ, १७ फागुन । अर्जुनधारा प्रेस क्लबको आज एक समारोह बिच साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष रमेश समदर्सीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा समाचार सकलन पहिचान सम्प्रेषण र प्रकाशनमा प्रभावकारिता सम्बन्धि तालीम, शिक्षा पत्रकारिता पुरस्कार, पत्रकारहरुको क्षमता बिकास तालीम, भवनका लागी जग्गा खरिद एवम् भवन निर्माण, स्वास्थ्य उपचारका लागी सदस्यहरुलाइ सहयोग आदि मुख्य कार्य सम्पन्न भएको अध्यक्ष समदर्सीले जानकारी गराउनुभयो ।
अर्जुनधारा प्रेस क्लबका अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा समिटिएका सम्पुर्ण कार्यहरू सराहनीय र क्लबका पत्रकार सदस्यहरु प्रती अझ ब्यवसायी र खोज पत्रकारिताका लागी आवश्यक तालीम र सहयोग गर्न सके यो क्षेत्रमा रहिरहन सकिने नत्र गाह्रो रहेको बताउदै नगरले पत्रकार स्वास्थ्य बिमा लगायत कार्यमा सहयोग गर्न विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरिले आफ्नो भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा अर्जुनधारा प्रेस क्लबले नगरको गतिविधिमा अलि सक्रियता देखाउन र राम्रो या सुधार गर्नु पर्ने कार्यको समाचार सम्प्रेषण तथा सुझाव दिन आग्रह गर्दै क्लबको भवन निर्माण र स्थानीय पत्रकारको वृत्ति बिकासका लागि नगरले बजेटको ब्यवस्थापन गर्ने प्रमुख अतिथि अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देनले बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाको कार्य समितिमा बिजय हुने सह-सचिब तिलक योन्जन र सदस्य इन्द्र राईलाई सम्मान गरिएको थियो ।
क्लबका अध्यक्ष रमेश समदर्सीको अध्यक्षतामा संचालित कार्यक्रमको सहजीकरण सचिब नरेस खातिले गर्नु भएको थियो ।