अर्जुनधारा, ३ जेठ । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० मा सात दिने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ ।
भाषा, कला, साहित्य तथा संस्कृति सम्वर्द्धन समिति अर्जुनधारा-१० को आयोजनामा सुरु भएको तालिममा ३० जनाभन्दा बढीको सहभागिता रहेको छ ।
उक्त तालिमको सहजीकरण सूर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता हरिकृष्ण भण्डारीले गरिरहेका छन् ।
तालिममा उद्घोषण तथा भाषण कला, तनाव व्यवस्थापन, नेतृत्व तथा व्यक्तित्व विकास, माइन्युट लेखनलगायतका बारेमा प्रशिक्षण दिइने छ । 
संस्थाका अध्यक्ष कुलप्रसाद बरालको अध्यक्षतामा भएको तालिम उद्घाटन समरोहमा अर्जुनधारा-१० का वडा सदस्यद्वय डम्बर द्यौराली, सीता परियार, नेपाली कांग्रेस अर्जुनधारा-१० का सभापति यज्ञलाल श्रेष्ठ, ५ नं.टोल विकास समितिका अध्यक्ष हरिराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त तालिम उद्घाटन समरोहमा वडा सदस्यद्वय रुपेश लिम्बू, तुलसा महतरा, वडा सचिव त्रिविक्रम पोखरेल, पत्रकार उमेश खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष कुलप्रसाद बरालले तालिमको औचित्य माथि प्रकाश पारेका थिए भने सदस्य मैयाँ बास्कोटाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन दुर्गा फुयालले गरेकी थिइन् ।







