
अर्जुनधारा, ७ जेष्ठ । अर्जुनधारा नगरपालिका वडा नं.१० मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
एमालेबाट वडाध्यक्षका उम्मेदवार भुपेन्द्र न्यौपानेसहित प्यानल नै विजयी भएको हो ।
न्यौपानेले उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नरबहादुर तामाङलाई ३६४ मतान्तरले हराउँदै विजयी बनेका हुन् । न्यौपानेले १ हजार ४४ मत प्राप्त गर्दा तामाङले ६८० मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार गान्धारी मिश्रले ५२१ मत पाएकी छन् ।
त्यस्तै खुला महिला सदस्यमा तुलसा विष्ट महतारा, दलित महिला सदस्यमा सीता परियार तथा खुल्ला सदस्यमा रुपेश लिम्बू र डम्बर द्यौराली निर्वाचित भएका छन् ।






