झापा, २ जेष्ठ । अर्जुनधारा नगरपालिका वडा नं.२ को वडाध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्रकुमार श्रेष्ठले जितेका छन् ।
वडाको अन्तिम मतपरिणाम अनुसार एमालेका तुलसीप्रसाद खतिवडालाई पराजित गरी श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले १५०८ मत ल्याउँदा खतिवडाले १२२६ मत पाएका छन् । कांग्रेसका श्रेष्ठले वडाध्यक्ष जितेपनि चार वटा सदस्य पद भने एमालेले जितेको छ ।
त्यस्तै खुल्ला सदस्यमा बलबहादुर समाल मगर ११०४ , प्रेमबहादुर उपरकोटी १०४८ , महिला सदस्यमा शर्मिला सुब्बा ११४९ र दलित महिला सदस्यमा विमला रोक्का १२७६ मतसहित निर्वाचित भएका छन् ।