Logo

अर्जुन ट्रफी क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल शुरू हुँदै



काठमाण्डौ, २६ माघ ।  धनगढीमा चलिरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजदेखि सेमिफाइनल खेल शुरू हुँदैछ ।

न्यू होराइजन बुटवल, सीवाईसी अत्तरिया, फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र डीसीए धनगढी अन्तिम चारमा पुगेका छन् ।

पहिलो सेमिफाइनलमा आज समूह ‘ए’ को विजेता डडेल्धुराले समूह ‘बी’ को उपविजेता बुटवलसँग खेल्दैछ ।

खेल फाप्ला मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । भोलि समूह ‘ए’ को उपविजेता धनगढीले समूह ‘बी’ को विजेता अत्तरियासँग खेल्नेछ ।

गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिताको फाइनल खेल पर्सि सोमवार हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्