Logo

अर्जेन्टिनाका उपराष्ट्रपति भ्रष्टाचारको आरोपमा दोषी ठहर



अर्जेन्टिना, २१ मंसिर । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारको आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ ।

अदालतले उपराष्ट्रपति कर्चरलाई सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको मुद्धामा जेल सजाय सुनाएको हो ।

दोषी ठहर भएकी ६९ वर्षीया कर्चरलाई कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने फैसला गरिएको बीबीसीले जनाएको छ । तर उपराष्ट्रपति कर्चरले माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको छ । यो व्यवस्था अनुसार उनी जेल जाने सम्भावना भने कम छ । कर्चरले आफूमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्