Logo

अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल



काठमाडौँ, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री र नेपाल राष्ट्र बैङ्कका गर्भनरसँग छलफल गरेका छन् ।

आज प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्रीले बैंकिङ क्षेत्रमा पछिल्लो पटक देखिएका समस्या तथा चुनौतीको विषयमा चासो राखेका थिए । साथै उनले अहिले अर्थतन्त्रमा देखिएका मुख्य चुनौती, यसले पारेको प्रभाव तथा त्यसको न्युनीकरण गर्ने उपायको खोजी गर्न कसरी सकिन्छ भनेर आवश्यक पहल गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्