Logo

अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता: प्रचण्ड



काठमाडौँ, १२ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

आज नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँग खुमलटारमा भएको भेटमा उनले यस्तो बताएका हुन् ।

प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भइसकेको बताए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने उनको भनाइ छ ।

‘महासङ्घ अर्थतन्त्र जोगाऔँ भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुु भयो, त्यही विषयमा तपाईँहरु चिन्तित हुनुुहुन्छ र समस्या समाधानका लागि भनिरहनुु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले महासङ्घकातर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई राखेर छिट्टै समस्या समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरेका थिए ।

भेटघाटमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले प्रचण्डलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवम् शुुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्