काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास भइरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् ।
नेपाल व्यवसाय शिखर सम्मेलन-२०२३’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गएको वर्षदेखि अर्थतन्त्र संकटमा जाने लागेको भनेर त्रास सिर्जना भएकोमा अहिले त्यो बिस्तारै कम हुँदै गएको बताएका हुन् ।
कोभिड-१९ महामारी र रूस-युक्रेन युद्धसहित विश्वमा विकसित विभिन्न राजनीतिक तथा आर्थिक परिघटनाका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको प्रधानमन्त्री दाहालले बताए । अर्थतन्त्र सुधारका लागि सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने पनि उनको भनाइ छ ।







