
काठमाडौँ, २२ असार । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विषयमा उठेका विवादबारे तत्काल छानबिन गर्न माग गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टास लेख्दै उपसभापति खड्काले बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताएका छन् ।
‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आम जनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यसलार्ई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ’ उनले लेखेका छन् – ‘विगतमा पनि संसदको यस्तो परम्परा छ । बरु ढिलो नगरौं आजै टुङ्गो लगाउँ ।’







