काठमाडौँ, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।
संसद्मा सम्बोधन गर्दै उनले छानबिनमा सहयोग गर्नका लागि राजीनामा दिएको बताएका हुन् ।
विगतमा मन्त्रीमाथि छानबिन गर्दा पदमा बहालै रहेका उदाहरण भए पनि आफू त्यो नगर्ने उनले बताए ।
“विगतमा मन्त्रीमाथि छानबिन हुँदा मन्त्रीहरु बहालै रहेर छानबिन भएको थियो,” मन्त्री शर्माले भने, “तर म त्यसो गर्दिनँ छानबिन समितिलाई पूर्ण सहयोग गर्नेगरी आजैका मितिदेखि पदबाट हट्ने निर्णय गरेको छु ।”