काठमाडौँ, १५ साउन । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार साँझ उनले सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
उनी आजै अर्थमन्त्रीमा नियुक्त भएका थिए ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले गएको असार २२ गते पदबाट राजीनामा दिएका थिए ।







