Logo

अर्थमन्त्री डा.महत जीईएफको उपाध्यक्षमा निर्वाचित



काठमाडौँ, ८ भाद्र । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा.प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् ।

आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

यस अगाडि मन्त्री महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्