Logo

अर्थमन्त्री पौडेल ‘डिस्चार्ज’, मेयर आचार्यलाई थप केही दिन अस्पतालमा राखिने



काठमाण्डाै, ५ फागुन ।  पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्कनुभएको छ ।

अस्पतालमा दुई दिनदेखि उपचार गराइरहनुभएका पौडेल आज ‘डिस्चार्ज’ हुनुभएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उहाँलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ ।

सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्