Logo

अर्थमन्त्री पौडेल भारत प्रस्थान



काठमाडौँ, ११ फागुन । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् ।

जी २० का अर्थ मन्त्रीहरूको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् ।

जी २० का अर्थमन्त्रीहरूको सम्मेलन फागुन १२ र १३ गते भारतको बेङ्लोरमा हुने कार्यक्रम छ । मन्त्री पौडेलले सम्मेलनका साथै भारतलगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

उनीसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन् ।

प्रतिक्रिया दिनुहोस्