काठमाडौँ, २३ असार । अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै सम्हाल्ने भएका हुन् ।
शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा (२) अनुसार देउवालाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकेकी छन् ।