Logo

अर्मेनिया र अजरबैजानबीच भीषण लडाइँ



काठमाडौँ, २९ भदौ । अर्मेनिया र अजरबैजानबीच सीमा विवाद चर्किएको छ ।

सीमामा दुई देशका सेनाबीच लडाइँ हुँदा कम्तिमा पनि एक सय सैनिकको ज्यान गएको छ ।

अर्मेनिया र अजरबैजानको विवादित नागोर्नो-काराबाख क्षेत्रमा सन् २०२० पछिको सबैभन्दा खराब लडाई भएको बीबीसीले जनाएको छ । भीडन्तबारे दुवै देशले एक अर्कालाई दोष लगाएका छन् ।

अजरबैजानको रक्षा मन्त्रालयले अर्मेनियाको उत्तेजनाका कारण आफ्ना ५० जना सैनिकको मृत्यु भएको जनाएको छ । अर्मेनियाले यसअघि आफ्ना ४९ सैनिकको मृत्यु भएको रिपोर्ट गरेको थियो । एकैदिन दुवै पक्षले ठूलो क्षति व्यहोरेपछि रुसको मध्यस्थतामा युद्धविराम भएको जनाइएको छ । तर युद्ध विरामपछि पनि दुवै देशले आक्रमण जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्