Logo

अल मुताइरीले बोलाए १७ खेलाडीलाई प्रशिक्षणमा



काठमाडौँ, १६ वैशाख । नेपाली फुटबलमा अखिल नेपाल फुटबल संघको भूमिकालाई लिएर चर्को आलोचना भइरहेका वेला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल मुताइरीले १७ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

गत आइतबारबाट शुरु भएको प्रशिक्षक र खेलाडीबीचको विवादका कारण सिनियर १० खेलाडीले प्रशिक्षण छाडेपछि अल मुताइरीले १७ नयाँ खेलाडीलाई ‘क्लोज क्याम्प’मा बोलाएका हुन् ।

खेलाडीको सामान्य मागलाई लिएर अल मुताइरीले १० सिनियर खेलाडीलाई तत्काल क्याम्प छाड्न निर्देशन दिएका थिए। त्यसलगत्तै खेलाडीहरूले क्लोज क्याम्प छाडेका थिए। प्रशिक्षक अल मुताइरीले खेलाडीसँग नझुक्ने भन्दै १७ नयाँ खेलाडीले बिहीबारबाटै प्रशिक्षणमा बोलाएका हुन् ।

टिममा बोलाइएका १७ खेलाडी

विकेश कुथु, अनिश चौधरी, निरकुमार राई, जर्जप्रिन्स कार्की, विशाल सुनार, सुशील राई, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, रूपबहादुर लामा, शिव गुरुङ, अभिषेक बराल, रोशन राना, संजोक राई, मनीष मगर, विकास तामाङ, आकाश बुढामगर, सुनिल श्रेष्ठ ।

प्रतिक्रिया दिनुहोस्