Logo

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालन



चितवन, ४ असार । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।

आज बिहान ११:३५ बजे चितवनको इच्छाकामना-६ तोपेखोलामा सुक्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो पन्छाएर अहिले साँझ ५:४० बजेदेखि सडक दुइतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्