Logo

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी खुल्यो



चितवन, १४ असार । भरतपुरको खहरेखोलामा लेदो झरेर राति अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति २:४५ बजे भरतपुर-२९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार लेदो हटाएर बिहान ५:१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको थियो ।

सडकमा पुन: ६:१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो। अहिले ६:३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्