Logo

अवरुद्ध पृथ्वी राजमार्ग पुन: सञ्चालन



मुग्लिन, ४ असार । पहिराका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

वर्षासँगै चितवनको इच्छाकामा-४ स्थित घोप्टेभिर र ठाडेखोलामा गएराति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो ।

पहिरो हटाएर बिहान २:३० बजेदेखि यातायात दुइतर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्