Logo

अवैध पाउडर दुध बरामद



मेचीनगर ८ भदौ । झापामा भन्सार छलेर ल्याइएको पाउडर दुध बरामद गरिएको छ ।

भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा अवैध एक सय ३४ केजी पाउडर दुध नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले भारतबाट नेपाल ल्याउँदै गरेको उक्त सामान बुधबार बिहान ११:३० बजे मेचीनगर नगरपालिका-८ प्रनिक पेट्रोल पम्पबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार उक्त पाउडर दुध अन्दाजी ८० हजार बराबरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्