Logo

अवैध रकमसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौँ, ३१ साउन । अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार काठमाडौँबाट पक्राउ गरेको हो ।

चिनियाँ नागरिकबाट ३० लाख अवैध रकम फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताए ।

प्रतिक्रिया दिनुहोस्