सप्तरी, १४ भदौ । सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा-२ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका-५ र शम्भुनाथ नगरपालिका-१२ बाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
भन्सार छली अवैधरूपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडा मोटरसाइकलमा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई फेला पारेको हो ।






