Logo

अशक्त व्यक्तिको मत परिवारका सदस्यले मात्र दिन पाउने



काठमाडौँ, २६ वैशाख । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा आफैँ मतदान गर्न नसक्ने व्यक्तिको मत एकापरिवारका सदस्यले मात्र मत दिन पाउने स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेका विज्ञप्तिमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका वा अरु कुनै कारणले मत संकेत गर्न नसक्ने भर्ई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आपूmसँगै लैजाने अनुमति पाउने भएका छन् । मतदाताले सहयोगी माग गरेको अवस्थामा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्यस्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधानबारे थप स्पष्ट पारेको हो ।

मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्थाअनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्