अष्ट्रेलिया, २१ माघ । अष्ट्रेलियन बिग ब्यास क्रिकेट लिगको उपाधि पर्थ स्कोचर्सले जितेको छ ।
घरेलु मैदानमा भएको खेलमा ब्रिस्बेन हिटलाई ५ विकेटले हराएर पर्थले उपाधि जितेको हो ।
ब्रिस्बेनले दिएको एक सय ७६ रनको लक्ष्य पर्थले तीन बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो । उसका लागि एस्टन टर्नरले ५३ तथा निक हब्सनले ७ बलमा १८ र कुपर कोनल्लीले ११ बलमा २५ रन बनाएका थिए ।
यो सँगै पर्थले अहिलेसम्म बिग ब्यासमा सर्वाधिक पाँचौ पटक उपाधि जितेको छ ।