अष्ट्रेलिया, १३ साउन । अष्ट्रेलियाको क्विन्सल्याण्डमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चार जना बेपत्ता भएका छन् ।
गएराति लिण्डम्यान द्वीपमा भइरहेको अमेरिकी सेना र अस्ट्रेलियाली सेनाबीचको संयुक्त सैन्य अभ्यासका क्रममा दुर्घटना भएको हो ।
अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले दुर्घटनालगत्तै खोजी र उद्धारकार्य जारी रहेको बताएका छन् ।
अष्ट्रेलिया र अमेरिकाबीच भइरहेको सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासका क्रममा एमआरएच-९० ताइपान हेलिकोप्टर दुर्घटनामा परेको हो ।





