Logo

अस्ट्रेलियन ओपन टेनिसको उपाधि जोकोभिचलाई



काठमाडौँ, १५ माघ । अस्ट्रेलियन ओपन टेनिसको पुरुषतर्फको उपाधि सर्बियाका नोभाक जोकोभिचले जितेका छन् ।

मेलबर्नमा आज भएको फाइनलमा काजकिस्तानका स्टेनाफानोस सित्सिपासलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा जोकोभिच ६-३, ७-६ र ७-६ को सेटमा विजयी भएका हुन् ।

जोकोभिचले दशौँ पटक अस्ट्रेलियन ओपन टेनिस जितेका हुन् । योसँगै जोकोभिचले सर्वाधिक २२ वटा ग्रान्डस्लामको उपाधि जितेर राफायल नाडालसँगको रेकर्ड बराबरी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्