काठमाडौं, १५ जेठ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड स्ट्रलिङ र बहराइन दिनारलगायत प्रमुख मुद्राको भाउ भने घटेको छ।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा तोकिएको छ, जुन हिजोको दरसँग समान रहेको राष्ट्र बैंकले जनाएको छ। केही दिनअघि जेठ ७ गते डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्च दर मानिएको छ।
युरो १ को आजको खरिददर १७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७८ रुपैयाँ १३ पैसा रहेको छ। पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर र बहराइन दिनारको दर पनि सामान्य रूपमा घटेको छ।
त्यसैगरी कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ २४ पैसा र बिक्रीदर ५०० रुपैयाँ २० पैसा कायम छ, जुन हिजो पनि स्थिर थियो।
राष्ट्र बैंकले आवश्यकतानुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर









