Logo

अस्ट्रेलियामा अज्ञात समूहसँगको झडपमा दुई प्रहरीसहित ६ जनाको मृत्यु



अस्ट्रेलिया, २७ मंसिर । अस्ट्रेलियामा अज्ञात समूहसँग भएको झडपमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ ।

बेपत्ता व्यक्तिको खोजीका लागि परिचालित प्रहरीमाथि अचानक एउटा समूहले गोली चलाएको थियो । क्वीन्सल्याण्डको ब्रिस्बेनबाट २ सय ७० किलोमिटर टाढा पर्ने विअम्बिला क्षेत्रमा बेपत्ता व्यक्तिको खोजीमा खटिएको प्रहरीमाथि आक्रमण भएको हो ।

मृत्यु हुनेमा तीन जना आक्रमणकारी रहेको र एक जनाको परिचय नखुलेको अधिकारीहरुले जनाएका छन् । अर्का एक जना व्यक्ति स्थानीय रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्