काठमाडौं, २५ पुस । अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ । अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको समाचारमा उल्लेख छ ।
दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन् । यो घटना गएको बिहीबार राति १ः४५ तिरको भएको बताइएको छ । प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
दीक्षाले केही समय अघि मात्रै नेपालमा आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन् ।
नव विवाहित पत्नीको निधनले ज्वाइँ निकै दुखित भएको दीक्षाका दाजुले बताएका छन् ।
यसअघि मध्य डिसेम्बरमा भने श्रीमान–श्रीमतिबिच झगडा भएपछि प्रहरी दीक्षा र लबिन्द्रको अपार्टमेन्टमा पुगेको थियो । अहिलेसम्म यस घटनामा कसैलाई पनि अभियोग लगाइएको छैन ।