Logo

अस्ट्रेलियाले पाकिस्तानलाई दियाे ३ सय ६८ रनकाे लक्ष्य



भारत, ३ कार्तिक । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पाकिस्तानलाई ३ सय ६८ रनको लक्ष्य दिएको छ ।

बेङ्गलुरुको चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६७ रन बनाएको हो ।

अस्ट्रेलियाका डेभिड वार्नर र मिचेल मार्शले सानदार शतक बनाए । वार्नर १ सय ६३ र मार्श १ सय २१ रन बनाएर आउट भए । यी दुईले पहिलो विकेटका लागि २ सय ५९ रनको साझेदारी गरे । बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदीले ५ र हरिस रउफले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्