Logo

अस्पतालबाट क्याप्टेन मनिषले भने ‘जहाजलाई कन्ट्रोल गर्न सकिन’



काठमाडौं, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताउनुभएको छ ।

काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उपचाररत क्याप्टेन मनिषले डा. मिना थापासँग जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताउनुभएको हो ।

‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले भन्नुभयो , ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’

‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’ उहाले घटनाबारे आफ्नो सम्झना सुनाउनुुभएको थियो ।

अस्पतालका अनुसार क्याप्टेन शाक्यको शरीरका विभिन्न भागमा चोटपटक लागेका हुनाले हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, नाक, कान घाँटी लगायत विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्