Logo

अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित देखियो: पौडेल



सुर्खेत, १२ चैत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका छन् । यो गठबन्धनबाट देशको भविष्य नरहेको उनको टिप्पणी छ ।

आइतबार सुर्खेत आएका पौडेलले विमानस्थलमा पत्रकारहरूसँग यस्तो बताएका हुन् ।

यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने पनि उनले दाबी गरे । उनले निर्वाचनको नतिजाअनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरेका थिए ।

समझदारीका साथ सरकारमा गएको हो । यद्यपि ‌प्रचण्डले धोका दिएको भन्दै उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारीस्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्