Logo

अहिलेको निर्वाचन अरू निर्वाचनभन्दा निकै फरक: प्रचण्ड



दैलेख, २९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन अरू निर्वाचनभन्दा निकै फरक रहेको बताएका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको चुनावी सभालाई आज दैलेखको दुल्लुमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कर्णालीको विकासमा गठबन्धन सरकारले उल्लेख्य काम गर्ने विचार व्यक्त गरेका थिए ।

उनले अहिले मुलुकमा दुई गठबन्धन रहेको बताउँदै कर्णालीको विकासका लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत दिन प्रचण्डले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्