Logo

अहिलेको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म: महासचिव पोखरेल



सुर्खेत, ८ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिलेको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म जाने बताएका छन् ।

बिहीबारदेखि वीरेन्द्रनगरमा सुरु भएको नेकपा (एमाले) सुर्खेतको नवौं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले बदलिएको राजनीतिक समीकरण अनुसार मुलुकमा स्थायित्व सिर्जना गर्नुपर्ने बताएका हुन् ।

अस्थिरताको दोषी नेपाली कांग्रेस भएको उनले टिप्पणी गरे । वामपन्थी आन्दोलनप्रतिको चिन्ता र सुशासनका प्रश्नमा कांग्रेससँगको गठबन्धन सहज बन्न सकेन भन्ने प्रधानमन्त्रीले आत्मालोचना गरेपछि एमाले सम्बद्ध नयाँ समीकरण बनेको बताएका छन् ।

स्वार्थ आधारित गठबन्धन, मोर्चाका कारणले जनताको अभिमत प्रस्ट हुन नसकेको बताए । जनताले सर्वाधिक लोकप्रिय बनाए पनि पार्टीले देशको नेतृत्व लिन पाएको छैन । यसर्थ, लोकतन्त्रमा जनताको रोजाइले शासन चलाउन नपाएको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्