Logo

अहिले काम गरेर देखाउने बेला आएको छ: सभापति देउवा



बुटवल, १६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले काम गरेर देखाउने बेला भएको बताएका छन् ।

नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले आफू कुरा भन्दा काम गर्ने व्यक्ति भएको बताएका हुन् ।

बुद्धको जन्मस्थलबाट सुरु भएको सम्मेलनले देशैभर पार्टीका कार्यकर्ताबीचमा उत्साह ल्याउन मद्धत पुर्‍याउने सभापति देउवाले विश्वास व्यक्त गरेका छन् ।

कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेस परिवर्तन भयो भने मात्रै देश परिवर्तन हुने बताए । त्यसका लागि उग्र महत्वकांक्षा र आचरणलाई त्याग्न आवश्यक रहेको उनले बताए ।

देशमा कुशासन र भ्रष्टाचार बढी रहेको भन्दै पारदर्शिता अहिलेको आवश्यकता भएको कोइरालाले बताएका छन् । दण्डहीनताको अन्त्य र पारदर्शी समाज निर्माणका लागि कांग्रेसले नेतृत्व गर्नुपर्ने नेता डाक्टर कोइरालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्