Logo

आँधीका कारण दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य



क्यानडा, २३ चैत । क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीले विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन् ।

असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला बिजुली नहुँदा आँधी प्रभावित भेगका जनता आफूलाई न्यानो पार्न वैकल्पिक उपाय अवलम्बन गर्न बाध्य भएका हुन् ।

बिहीबार बिहानसम्म क्युबेक प्रान्तका दश लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका विद्युत् सेवा प्रदायक एक कम्पनीले जनाएको छ ।

आँधीले तहसनहस पारेका बोटविरुवा पन्छाउन तथा तिनका हाँगाविँगाले भरिएका सडक र थिचिएका संरचना सफा गर्न नगरबासीलाई हम्मेहम्मे परेको छ । अधिक चिसोका कारण उनीहरूलाई थप सकस भएको छ । हिउँले लच्किएका बिजुलीका तार रुखमा लत्रिदा विद्युत् आपूर्तिमा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्