Logo

आँबूखैरेनी बस दुर्घटना अपडेट : १४ जनाको शव निकालियो, १६ जना घाइते(अपडेट)



काठमाडौं, ७ भदौ । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मस्र्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको प्रहरीले जनाएको छ।

पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए।

प्रतिक्रिया दिनुहोस्