Logo

आइएफआरसीद्वारा भूकम्पपीडितलाई १० करोड सहयोग



काठमाडौँ, २२ कात्तिक । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ (आइएफआरसी)ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको छ ।

स्वीजरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपत् प्रतिकार्य आपतकालीन कोष (डिआरइएफ)मार्फत् नेपाल रेडक्रस सोसाइटीलाई सो रकम उपलब्ध गराएको हो ।

आइएफआरसीको महासचिव जगन चापागाईँँले आफ्नो ‘सामाजिक सञ्जाल’ मार्फत भनेका छन् “नेपालमा भूकम्प प्रतिकार्यले तीव्रता लिनथालेपछि नेपाल रेडक्रस सोसाइटीको स्थलगत कार्यलाई सहयोग गर्न आइएफआरसीको विपत् प्रतिकार्य आपतकालीन कोषमार्फत् तत्काल आकस्मिक सहयोग उपलब्ध गरायौँ । म रेडक्रसका स्वयंसेवकलाई भूकम्पपीडितका सहयोगमा जुट्न आग्रह गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्