Logo

आइतबारदेखि ३ दिनसम्म विद्यालय बन्द



काठमाडौं, १२ असोज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बाढी र पहिरोको असर सबै तिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो ।

यो निर्णय अनुसार आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुनेछ । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ ।

‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हाल जारी रहेका सबै परीक्षाहरू स्थगित 

सरकारले हाल जारी रहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।

लगातारको अविरल वर्षाका कारण भएको जनधनको क्षतिबारे समीक्षा गर्न कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सरकारको आपतकालीन समन्वयात्मक बैठकले क्षतिको प्रारम्भिक मूल्याङ्कन गर्नुका साथै हाल भइरहेको सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्