Logo

आइतबार जन्मिएका व्यक्तिको स्वभाव कस्तो हुन्छ ?



काठमाडौँ, ६ माघ । शास्त्र अनुसार मानिस जन्मेको साल, बार, गते, जन्म स्थान अनुसार उसको स्वभाव निर्धारण हुन्छ । कुनै पनि मानिसको व्यवहार र बोलिचाली जन्मेकोबार अनुसार फरक हुने ज्योतिषशास्त्रमा बताइएको छ । यहाँ आइतबार जन्मिएका व्यक्तिहरुको स्वभावको चर्चा गरिएको छ ।

-आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् ।

-अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।

-निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् ।

-आइतबार जन्मनेहरुले रुपरंगमा आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।

-अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुन्छन् नै तर चाँडै रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरु रिसाउने गर्दछन् ।

-पैसावाल हुन्छन् र आफ्नो बलबुतामा नै पैसा कमाउने कोसिस गर्छन् ।

-आफ्नो सम्बन्धलाई निकै सम्मान गर्छन्, त्यसकारण झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु छोड्न चाहन्नन् ।

-चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा अत्याधिक हुन्छन् ।

-कुनै पनि कुरामा सम्झौता गर्दैनन् ।

-सौन्दर्यलाई मन पराउँछन्, त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्