झापा, ११ फागुन । आइतमाया थेवे स्मृति प्रतिष्ठान मेचीनगर १३ चारआलि झापाले बर्ष उत्कृष्ट बिद्यालयको रुपमा जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ लाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।
कार्यक्रममा थेवे परिवारले आफ्नी आमाको स्मृतिमा २०६८ सालमा प्रतिष्ठान स्थापना गरि समाजमा अनुकरणीय कार्य गर्ने ब्याक्ती एवम् संघ सस्थालाइ प्रत्येक बर्ष नगदसहित प्रशंसा पत्रले सम्मान गरिदै आएकोमा बन्दी सहायता नेपालले स्थापना गरेको जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयलाई नजिकबाट नियाल्दा विभिन्न बन्दी गृहमा रहेको कैदी बन्दीसग आस्रित बालबालिका र स्थानीय समुदायका अति बिपन्न बालबालिकाहरु आवास सहित शिक्षा दिइरहेको छोटो समयमा बिद्यालयले शिक्षा क्षेत्रमा गरेको उल्लेखनीय कार्य प्रती सम्मान गर्दै नगद राशी पचिस हजार एक सय पचिस रुपैयाको चेक तथा प्रशंसा पत्र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् सस्थापक जगत बहादुर मगर एवम् प्रधानाध्यापक रन्जित परियारलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानले बिद्यालयको गरिमालाइ उच्च बनाउदै बिद्यालय ब्यवस्थापन समिति, अभिभावक र शिक्षक, विद्यार्थीहरुले यो प्रशंसा एवम् सम्मानलाई सम्पत्तिको रुपमा लिइ अझ अनुकरणीय र गुणस्तरीय शिक्षा दिन सकोस् शिक्षा बाहिरी देश नै गएर राम्रो शिक्षा पाइन्छ भन्ने गलत हो शिक्षा नेपाल मै बसेर आफ्नो माटोको सुगन्ध सहितको ज्ञान हासिल गर्न सकिने र आफुले पनि समयमा पढन नपाएकोले अबका बालबालिकाहरुले गरिबीको कारण शिक्षाबाट बन्चित हुन नपरोस भन्दै थेवे परिवारले बार्षिक रुपमा प्रत्येक बर्ष कार्यक्रम गरि जिबितै राखेकोमा कार्यक्रमकि प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले प्रशंसा एवम् धन्यवाद व्यक्त गर्नु भएको थियो ।
त्यसै गरि बिद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी एवम् विद्यार्थी बर्ग र बिद्यालयले प्रशंसा सहित थप जिम्मेवारी प्राप्त गरेको छ भने प्रतिष्ठानले एउटा सामाजिक ब्याक्तित्व इन्दिरा राना मगर जो यस बिद्यालयकि जन्मदाता रहेको हुनाले वहाँ लगायत राना परिवार एवम् बिद्यालय परिवारको योगदानको कदर भएको भन्दै बिशिस्ट अतिथि अग्रज पत्रकार एवम् साहित्यकार कन्चनजङ्गा एफ एमका प्रवन्ध निर्देशक चन्द्र भन्डारी (पुर्व सम्मानित) , बिशिस्ट अतिथि अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देन, कवि मुनाराज शेर्मा साथै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् सस्थापक जगत बहादुर मगर लगायतले शुभकामना एवम् धन्यवाद मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा बालसुबोधिन माद्यामिक बिद्यालय मेचिनगरकी छात्रा नम्रता खड्का शहिद दशरथ चन्द्र मा बिका छात्र सोमप्रसाद पौडेल, प्रतिष्ठानका संरक्षक अर्जुन थेवे, उमा श्रेष्ठ लगायतले आमा शिर्षकमा मनस्पर्स कविता बाचन गर्न भएको थियो । कार्यक्रममा पुर्ब सम्मानित पुष्पा घिमिरे, नेत्र प्रसाद न्यौपाने, मुनाराज शेर्मा,विश्व थापा,फुलमाया धिमाल, निला भट्टराई लगायत बिर्तामोड न पा ६ का अध्यक्ष सुर्य प्रसाद कन्दङ्गवा, शिक्षासेवि हस्त परियार, मातृ बिद्यालय महारानीगन्ज मा बिका प्रधानाध्यापक मनबहादुर लिम्बू, सरस्वती मा बि बिर्तामोड ६ बुटाबारीका प्रधानाध्यापक दिपक लुइँटेल,सहिद दशरथ चन्द्र मा बिका प्रधानाध्यापक लेखनाथ पौडेल (केशव)जनप्रतिनिधि सुसिला गिरि, केशव अधिकारी एवम् विभिन्न संघ सस्थाका लब्धप्रतिष्ठित ब्याक्तित्वहरु सयौंको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वर्गीय आमा आइतमाया थेबेको जिवनी प्रतिष्ठानका सचिव डिल्लीराम भण्डारीले प्रस्तुत गर्नु भएको थियो भने प्रतिष्ठानका उपाध्यक्ष बिश्व थापाले स्वागत मन्तब्री एवम् जुनकीरी बिद्यालयका छात्रा विद्यार्थीले नृत्यद्वारा स्वागत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष एवम् संरक्षक लालबहादुर थेवेको अध्यक्षतामा संचालित कार्यक्रममा सहजीकरण महासचिव मोहन अधिकारीले गर्नु भएको थियो ।