Logo

आइतवार उच्च अङ्कले बढेकाे शेयर बजार आज घट्यो



काठमाडौँ, ४ असार । आइतवार उच्च अङ्कले बढेकाे शेयर बजार आज भने सामान्य घटेकाे छ ।

शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ विन्दुमा झरेकाे छ ।

आज विकास बैंक, फाइनान्स, लगानी, म्युचल फन्ड र अन्यबाहेक सबै समूहकाे शेयर घटेकाेमा बिमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।

आज दुई सय ७६ वटा कम्पनीका एक कराेड २९ लाख कित्ता शेयर चार अर्ब ७४ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सकाे २९ कराेड ८२ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

प्रतिक्रिया दिनुहोस्